सरकार

सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्‍यो

इकागज |
भदौ २९, २०८० शुक्रबार १९:१० बजे

फाइल फोटो

काठमाडौँ - सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघबाट सिधै हुने चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए । चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषि लगायतका विषयमा दुई पक्षीय छलफल हुने र केही विषयमा समझदारी हुने उनले बताए । 


बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने विभुषण वितरणलाई मर्यादित बनाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तराष्ट्रिय अभ्यास र बिभुषणसम्बन्धी कानुनको अध्ययन गरि तीन महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ । कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई विभुषण प्रदान कार्य स्थगन गरिएको प्रवक्ता शर्माले बताइन् । बैठकले कर प्रणाली सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ भने चाडपर्वलाई ध्यानमा राखेर साल्ट ट्रेडिङ र खाद्य व्यवस्थालाई ५० प्रतिशत भन्सार छुटमा १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृत दिने निर्णय गरिएको उनले बताइन् । 

त्यस्तै बैठकले सिँचाई नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाल नागरिकता ऐन तेश्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । 


Author

थप समाचार
x