अक्सिजन प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छ: प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजन प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्पतालमा अक्सिजन अभाव हुन नदिन पर्याप्त पठाइएको बताए । 'अक्सिजन प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छ,' उनले भने, 'एयरलिफ्ट गरेर सिलिन्डर ल्याइएको छ । अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन पर्याप्त पठाइएको छ ।
उनले कोभिड-१९ संक्रमण अध्यादेश जारी गरिएको बताउँदै अध्यादेशको व्यवस्थाबमोजिम निर्देशक समिति गठन भएको समेत बताए । जुनसुकै बेला स्वास्थ्य संकटकाल लगाउन मिल्ने अवस्था अध्यादेशमा रहेको उनले स्मरण गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया