राष्ट्रका नाममा सम्बोधन
सत्तामा रहनु वा नरहनु मेरा लागि प्रमुख विषय होइन : प्रधानमन्त्री ओली
'सत्ता साध्यमात्रै हो साधन होइन'
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनु वा नरहनु आफ्ना लागि प्रमुख विषय नभएको जिकिर लिएका छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले सत्ता आफ्ना लागि साधन होइन साध्यमात्रै भएको बताए ।
'पार्टी सत्तामा जानु र प्रतिपक्षमा बस्नु सामान्य हो,' उनले भने, 'निर्दलीय चरित्र ख्याल-ठट्टाको विषय होइन । लोकतन्त्रका लागि आफ्नो जीवनको आधा शताब्दीभन्दा बढी खर्चेको र पञ्चायतमा जेलमा बिताएको मेरा लागि सत्तामा रहनु वा नरहनु प्रमुख विषय हुँदै होइन । 'बहुदलीय व्यवस्था' लोकतान्त्रिक शक्तिहरूकै दमन झेलेको हाम्रो पार्टीका लागि यो महत्त्वपूर्ण विषय होइन । हाम्रा लागि सत्ता साध्यमात्रै हो साधन होइन ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया