सरकार

सुन तस्करी छानबिनका लागि चार सदस्यीय आयोग गठन

इकागज |
असोज १४, २०८० आइतबार १३:५६ बजे

फाइल फोटो

काठमाडौँ - सरकारले सुन तस्करी छानबिनका लागि आयोग गठन गरेको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेकोे सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । आयोगले अध्ययन गरेर सरकारलाई सुझाव सिफारिस गर्ने उनले बताइन् । 


उनले भनिन्, – ‘सुनको अवैध पैठारी, तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरियो । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन भएको छ । सदस्यहरु किशोरजंग कार्की अर्थविज्ञको रुपमा, प्रेमराज जोशी गृहसँग सम्बन्धित हुनुहुन्छ र अर्को सहकुल थापा । चार सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । यसमा टिओआरमा, सबै कुरामा सहमति भएर आवश्यक व्यवस्थित प्रतिवेदन सरकारलाई सिफारिस गर्नुहुनेछ । प्रधानमन्त्रीले निर्देशन गरिसक्नु भएको छ । प्रधानमन्त्रीज्युको निर्देशनमा सम्भवतः अहिले आयल निगमले सूचना सार्वजनिक गर्दै होला । मुल्यवृद्धि तत्काल रोक्ने र साविककै मूल्य कायम गर्ने प्रधानमन्त्रीज्युले निर्देशन गर्नुभएको छ ।’

मन्त्री शर्माले पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई प्रधानमन्त्रीले निर्देशन दिइसकेको पनि बताइन् । 
उनले आयल निगमले मूल्यवृद्धि फिर्ताको सूचना सार्वजनिक गर्ने बताइन् । 


Author

थप समाचार
x