पेट्रोलियम पदार्थको मूल्य नबढाउन प्रधानमन्त्रीको निर्देशन
फाइल फोटो
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य साविककै कायम राख्न निर्देशन दिएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माल पेट्रोलियम पदार्थको मूल्य साविककै कायम राख्न आयल निगमलाई प्रधानमन्त्रीले निर्देशन दिएको बताएकी हुन् । निगमले गएरातिबाट लागू हुने गरी पेटेलियम पदार्थको मूल्य बढाएको थियो ।
पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको थियो । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको थियो ।
खाना पकाउने ग्यासको मूल्य भने एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया