नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल
काठमाडौं - सरकारले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवार संगिता पहाडी अर्याललाई दिएको छ । अर्याल टेलिकममै कार्यरत ११ तहकी इन्जिनियर हु्न् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने राष्ट्रिय भुक्तानी प्रणालीको योजना, उपकरण खरिद, ढुवानी तथा जडान कार्यमा सरकारी रकम हिनामिना गरेको अभियोगमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलसहित नौजनाविरुद्ध हिजो मुद्दा दायर गरेको थियो ।
अख्तियारले मुद्दा दायर गरेलगत्तै पौडेल स्वतः निलम्बनमा परेपछि टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री स्तरीय निर्णयले आज अर्याललाई जिम्मेवारी दिएको हो । अर्यालले आजैदेखि पदभार सम्हालेकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया