सरकार

प्रधानमन्त्री प्रचण्ड भोलि भूकम्प प्रभावित बझाङ जाने

इकागज |
असोज १८, २०८० बिहीबार १२:४४ बजे

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् । उनी भोलि शुक्रबार बिहान बझाङ जान लागेको उनका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । 

बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औँ बैठकमा प्रधानमन्त्रीले भूकम्पपीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । उनले भूकम्प पीडितलाई राहत दिन र क्षतिग्रस्त संरचनाको पुननिर्माण प्रक्रिया तत्काल अगाडि बढाउन पनि निर्देशन दिएका छन् । 


सुदूरपश्चिमको बझाङलाई केन्द्रबिन्दु बनाएर गत मंगलबार ६. ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यहाँ त्यसपछि पनि पटकपटक पराकम्पन आएका थिए । 

भूकम्प र त्यसपछि गएका पराकम्पनका कारण एक जनाको मृत्यु, केही घाइते र घर, विद्यालय भवनलगायत भौतिक संरचनामा क्षति पुगेको छ । 


 


Author

थप समाचार
x