सरकार

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ जाँदै

इकागज |
असोज १९, २०८० शुक्रबार ७:४६ बजे

फाइल तस्बिर

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुदुरपश्चिम प्रदेशमा पुग्दैछन् । 

गत मंगलबार र बुधबार बझाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम प्रदेश जान लागेका हुन् ।


उनले भूकम्पको केन्द्रविन्दु बझाङमा नै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्नका लागि सरकारी निकायलाई आवश्यक निर्देशन दिने छन् ।

प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण केन्द्रविन्दु बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न यसअघि नै निर्देशन दिइसकेका छन् । 

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री प्रचण्डले थप राहत र पुनःस्थापनाका लागि तत्काल कार्य अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए ।


Author

थप समाचार
x