सरकार

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न सरकारले दियो दूतावासलाई निर्देशन

इकागज |
असोज २१, २०८० आइतबार १३:४१ बजे

काठमाडौं- नेपाल सरकारले इजरायलमा रहेका नेपालीहरुको अवस्थाको अहिचान गर्नदेखि उद्धारसम्म गर्न सम्बन्धित् निकालयलाई निर्देशन दिएको जनाएको छ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासबाट भइरहेको आक्रमणले सृजित अवस्थाले नेपालीको अवस्थाबारे जानकारी गराए । उनले इजरायलस्थित नेपाली दूतावासलाई नेपालीको अवस्था पहिचान गरेर उद्धारसमेत गर्न निर्देशन दिएको बताए । 


इजरायल सरकारले घोषणा गरेको सुरक्षाको मापदण्डबारे त्यहाँ रहेका नेपालीलाई जानकारी गराउन, नेपालीको पहिचान गर्न, आवश्यक परेको अवस्थामा उद्धार गर्न राजदूतलाई निर्देशन दिइएको उनले बताए । 


Author

थप समाचार
x