सरकार

परराष्ट्रमन्त्री साउदको नेतृत्वमा बनेको र्‍यापिड एक्सन टिमको बैठक जारी

इकागज |
असोज २२, २०८० सोमबार ११:१४ बजे

काठमाडौं- इजरायलमा जारी पछिल्लो द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक अहिले मन्त्रालयमा बसिरहेको छ । परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा बसेको र्‍यापिड एक्सन टिमले इजरायलमा रहेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिनेछ ।

नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो ।  संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान र उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण कामहरू गर्ने छ । 



Author

थप समाचार
x