सरकार

यही वर्षमा १० वटा जहाज थप्छौँ, खरिद प्रक्रिया दसैँअघि नै सुरू हुन्छ : मन्त्री किराती {भिडियो}

इकागज |
असोज २८, २०८० आइतबार ११:३ बजे

फाइल तस्बिर

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् ।

आइतबार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।


उनले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए । उनले सबै महंगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताए ।

उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । उनले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी गरे । उनले दसैँअघि नै  औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताए । उनले आजबाट नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गर्ने बताए ।

‘अहिले फ्युल तीन डबललले बढेको छ । स्वभाविक रुपमा ३५ प्रतिशत भाडा रेट फ्युलले बढेको छ । भ्याट १३ प्रतिशत जोडियो । यसले पनि अलिकति भयो, मेरो मन्त्रालयबाट टारेर टर्दैन । हामीले र हाम्रो मन्त्रालयले हुँदै गरेको कालाबजारी टिकट ६ हजारमा किनेर १० हजारमा बेच्ने यो कुरामा भोलि नै हामी सबैसँग छलफल गरेर मन्त्रालयले वक्तव्य जारी गर्छ' उनले भने 'भारत जान ११ हजार र सुर्खेत जान १६ हजार लाग्नुपर्ने कारण भनेको तेल नै संसारको भन्दा डबल, त्रिबल महंगो छ । प्राइभेट सेक्टरले यो बेला हामी अब गैरकानूनी हुँदैनौँ, सरकारले तोकेकै भाडामा एक रुपतामा जाऔँ भनेर सल्लाह गरेका छन् । हामीले उनीहरुलाई नियन्त्रण गर्ने ठाउँ नै छैन । तोकिदिएको सरकारले नै छ । उनीहरुले सल्लाह गरेर आएपछि नियमन गर्ने ठाउँ नै छैन । यो सबै महंगी नियन्त्रण गर्न सरकारले सब्सिच्युट दिनुपर्छ । हामी तेलमा ५० प्रतिशत दिनसक्छौँ त ? यो हाम्रो हैसियत छैन । 

'यसलाई अर्को तरिकाले गर्ने भनेको नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्ने नै हो । जहाज दुई वटा छ । हाम्रो । उड्नुपर्ने २२ वटा छ, स्टल रुटमा उड्ने दुई वटा छ । हामी सम्पूर्ण शक्ति लगाएर हामी जहाज खरिद गर्ने प्रक्रियामा छौँ, यो वर्षमा हामी नौ, दश वटा जहाज थप्ने थप्ने । यो नथपी न पर्यटक आउँछन्, न भाडामा देखिएको विसंगतिमाथि हस्तक्षेप हुनसक्छ' उनले भने 'न सहज ढंगले आवागमन हुनसक्छ । संस्कृति काम गर्ने छैन, सिक्नेचर गरेपछि जेल परिन्छ भन्ने मान्यता छ । कडाइका साथ कानून भन्दा बाहिर नगइ काम गराउँछु । दसैँअघि नै केही संकेत आउला । औपचारिक रुपले सुरू हुनेछ । निगममा जहाज थप्नुको विकल्प नै छैन ।’

त्यस्तै काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले चाडवाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरुलाई सरकारले नियमन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले उनले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजारसम्मको भाडादर पर्नेकुरामा नियन्त्रण र निगरानी राख्न मन्त्री किरातीको ध्यानाकर्षण गराए ।

सभापति शेर्पाले सरकारका नीति बनाउँदा विद्यार्थीमैत्री बनाउनुपर्नेमा जोड दिए । उनले विद्यार्थीहरुलाई देशमै राख्नका लागि उच्च मूल्यवृद्धि रोक्न आग्रह गरे । 


Author

थप समाचार
x