सरकार

चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’

इकागज |
कात्तिक २, २०८० बिहीबार १०:२१ बजे

फाइल तस्बिर

काठमाडौं- चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ ।

हिजो साँझ छात्तिमा समस्या देखा परेपछि अस्पताल पुगेका थिए । श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको थियो ।


उनको आइसियुमा राखेर उपचाररत श्रेष्ठ खतरामुक्त रहेको उनका भतिजा डा. शितलकाजी श्रेष्ठले जानकारी दिए ।

हाल उनको बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन् ।

श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै 'तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)'मा सहभागी हुन चीन गएका थिए ।


Author

थप समाचार
x