संसद् चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ- सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् चालु अधिवेशन अन्त्य गर्ने व्यवस्था भएकाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए ।
बिहीबार मध्ये रातिदेखि संसद् चालु अधिवेशन अन्त्य हुने मन्त्री ज्वालाले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया