सरकार

भूकम्पका घाइतेहरुको सम्पूर्ण उपचार खर्च संघीय सरकारले व्यहोर्छ : मन्त्री बस्नेत

इकागज |
कात्तिक १८, २०८० शनिबार १९:१२ बजे

फाइल फोटो

काठमाडौं - जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा हिजो मध्यराति गएको भूकम्पमा परि घाइते भएकाहरुको सम्पूर्ण उपचार संघीय सरकारले व्यहोर्ने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भूकम्पमा परेर घाइते भएका सबैको उपचार संघीय सरकारले बेहोर्ने बताए । मन्त्री बस्नेतले घाइतेहरुको उपचार निःशुल्क गरिने जानकारी दिए । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारसँग समन्वय गरेर आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मीहरूको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर उपचारमा संलग्न भइसकेको पनि स्वास्थ्य मन्त्री बस्नेतले जानकारी दिए । 

स्थानीय र प्रदेश स्तरीय अस्पतालमा उपचार सम्भव नभएका गम्भीर घाइतेको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा उपचारका लागि तयारी अवस्थामा राखिएको बस्नेतले बताए । 

यसैबीच मन्त्री बस्नेतले  जाजरकोट र रुकुममा गएको भूकम्पलाई मध्यनजर गरेर द्रुतगतिमा उपचारमा लाग्न चिकित्सकहरू र सहयोगी संघसस्थाहरुलाई आग्रह गरेका छन् ।


Author

थप समाचार
x