राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाँदै
फाइल तस्बिर
काठमाडौँ- युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि निस्कने भएका छन् ।
गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण भएको धनजनको क्षतिका बारेमा बुझ्नका लागि राष्ट्रपति पौडेल आज सो क्षेत्रमा जान लागेका हुन् । जसअनुसार उनी आज जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित जनतासँग प्रत्यक्ष संवादसमेत गर्नेछन् ।
शितलनिवास सचिवालयका अनुसार राष्ट्रपति पौडेल आज बिहान १० बजे भूकम्प प्रभावित क्षेत्रका लागि प्रस्थान गर्नेछन् ।
भूकम्पको विपत्तिमा देश परेको बेला युरोप भ्रमण उपयुक्त नहुने भन्दै जनदवाब बढेपछि राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गरेका थिए । सो भ्रमण स्थगित भएपछि राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित दुई जिल्लाको स्थलगत अवोलकनमा निस्कन लागेका हुन् ।
उनी कात्तिक २२ गते फ्रान्स, इटली र जर्मनीको भ्रमणमा निस्कँदै थिए तर अन्तिममा स्थगित गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया