प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक
फाइल तस्बिर
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा आज सर्वदलीय बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे सो बैठक बस्दैछ ।
बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्प कारण एक सय ५७ जनाको ज्यान गएको तथा हजारौं घर क्षतिग्रस्त भएपछिको अवस्थाबारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया