सरकार

देउवाले प्रधानमन्त्रीलाई बुझाए भूकम्प प्रभावितकाे राहतका लागि घोषणा गरिएको ५० लाख

इकागज |
कात्तिक २१, २०८० मंगलबार ११:४ बजे

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  कांग्रेसले भूकम्प प्रभावितकाे राहतका लागि घोषणा गरिएको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवाले घोषणा गरिएको रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका लागि देउवा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मासहित बालुवाटार पुगेका थिए । उक्त ५० लाख रुपैयाँ प्रभावितको उद्धार कोषमा जम्मा हुनेछ । 


कांग्रेस कार्यसम्पादन समिति बैठकले भूकम्प प्रभावित जिल्लाका पीडितहको राहतका लागि कोषमा रकम जम्मा हुने गरि सहयोग गर्ने निर्णय गरेको थियो । शुक्रवार जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रबिन्दु भएर  गएको भूकम्पका परी १५१ जनाको मृत्यु भएको छ भने सयाैँ घाइते भएका छन् । 


Author

थप समाचार
x