सरकार

देश अझै आर्थिक दबाबमा छ : प्रम दाहाल

इकागज |
कात्तिक २३, २०८० बिहीबार १९:१३ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै आर्थिक दबाबमा रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रम दाहालले अर्थतन्त्रका अधिकांश सूचकहरू केही सकारात्मक हुन गए पनि अझै पनि आर्थिक दबाब कायम रहेको उल्लेख गरे । उनले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । उनले देशमा विद्यमान चुनौतीहरूलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने भनाइ राखे । उनले आर्थिक दबाब चिर्नका लागि रणनीतिक कदम चाल्नुपर्ने महसुस भएको जिकिर गरे ।


उनले भने, ‘अहिले हामीले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढिरहेको सन्दर्भमा देशमा विद्यमान चुनौतीहरूलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ । अहिले अर्थतन्त्रका अधिकांश सूचकहरू केही सकारात्मक हुन गए पनि अझै पनि हामी आर्थिक दबाबमा छौँ । यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने कुरा हामीले महसुस गरेका छौँ । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार अघि बढिरहेको छ ।’

प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गरे । उनले २०७२ को भूकम्पबाट सिकेको पाठबाट यस पटक पुनःस्थापना र पुनःनिर्माणको कामलाई व्यवस्थित रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।


Author

थप समाचार
x