सरकार

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

इकागज |
कात्तिक २७, २०८० सोमबार १४:३ बजे

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले तत्कालका लागि त्यसलाई बन्द गर्ने निर्णय गरिएको सञ्‍चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् । नेपालमा टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय गर्ने उनले बताइन् ।



Author

थप समाचार
x