सरकार

टिकटक बन्द गर्नुअघि प्रधानमन्त्री प्रचण्ड : १२ बुँदे पक्षधरसँग राय, ओली र देउवासँग सहमति

इकागज |
कात्तिक २७, २०८० सोमबार १९:५७ बजे

काठमाडौँ- आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उक्त निर्णयबारे एक खालको राजनीतिक सहमति भएकाे बताइएकाे छ ।

केही समयअघि बसेकाे सर्वदलीय बैठकमा टिकटक बन्द गर्ने/नगर्नेबारे सरकारले १२ बुँदे पक्षधरहरूसँग राय लिएको बालुवाटार स्राेतले इकागजलाई जानकारी दिएकाे हाे ।


स्राेतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालाई भेटेर माैखिक सहमति लिएपछि आज सरकारले टिकटक बन्द गर्ने निर्णय गरेकाे हाे ।

टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले तत्कालका लागि त्यसलाई बन्द गर्ने निर्णय गरिएको सञ्चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् । नेपालमा टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय गर्ने उनले बताइन् ।


Author

थप समाचार
x