सरकारले सहकारी दर्तामा रोक लगायो
फाइल फोटो
काठमाडौँ - सरकारले सहकारीको दर्ता गर्न रोक लगाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २३ गतेको निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहबाट सरकारी दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्र स्वीकृतिमा रोक लगाएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा सहकारी संस्थाका सदस्यहरूको बचत फिर्ता हुन नसकी गम्भीर समस्या सिर्जना भएकाले सहकारी लगायत वित्तीय क्षेत्र नै प्रभावित हुने भन्दै सहकारी दर्तामा रोक लगाएको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया