नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा ढुक्क छु : प्रधानमन्त्री दाहाल
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप-२८) मा नेपालको प्रस्तुतीले सकारात्मक तरंग ल्याएको बताएका छन् ।
आइतबार साँझ दुबईमा आयोजित सो सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका उनले नेपालको तर्फबाट आफ्नो प्रस्तुतीले त्यहाँ तरंग ल्याएको दाबी गरेका हुन् । प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ सो सम्मेलनमा नेपाललाई सोचेभन्दा पनि बढी सन्तुष्टि मिलेको पनि बताए । सम्मेलनभर
नेपाल, हिमाल र पहाडको विश्वभर धेरै चर्चा भएको प्रधानमन्त्री दाहालको दाबी थियो । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई प्राथमिकतामा राखेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायबाट जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा आफू ढुक्क भएको पनि बताए ।
प्रधानमन्त्री दाहालले कोप सम्मेलनभर नेपालको चर्चा विश्वभर गराउन पनि आफूहरू सफल भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया