सरकार

कर्जा सूचनासम्बन्धी विधेयक फिर्ता लिने सरकारकाे निर्णय

इकागज |
पुस १, २०८० आइतबार १८:३२ बजे

काठमाडौँ- सरकारले कर्जा सूचनासम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ ।​

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित मन्त्रालयमा फिर्ता लिने लिने निर्णय गरेको जानकारी दिइन् । मन्त्रिपरिषदले विद्युत् खपत वृद्ध तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति स्वीकृत गर्ने निर्णय गरेको छ ।


बैठकले राष्ट्रिय बृहत् जलाधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले ताप्लेजुङको घुन्सा खोला जलविद्युत् आयोजनाको लागि जिल्लाको फक्ताङलुङ गाउँपालिकामा रहेको ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ ।


Author

थप समाचार
x