सरकार

बालेनलाई प्रधानमन्त्री प्रचण्डको प्रश्‍न : मैले गरेको सहयोगबारे बोल्न तपाईंलाई केले रोक्यो ?

इकागज |
पुस २, २०८० सोमबार १२:४६ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई बागमती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेप वा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि देख्नुभएको छ ? भन्दै प्रश्न गरेका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रश्‍न गरेका हुन् ।

उनले आफू काठमाडौँको फोहोर व्यवस्थापनलगायतका कुरामा रचनात्मक रहेको बताए । व्यवस्थापनका लागि गरेको पहललाई स्वीकार्न किन नसकेको भन्दै मेयर साहलाई प्रश्न गरे ।


‘उहाँले भन्नुभयो यहाँबाट निस्किने बित्तिकै हुन्छ, म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने बालेन्द्र जी तपाईंले चाहे त्यो बागमतीमा बसेको हस्तक्षेपको कुरालाई लिएर होस् वा तीनकुनेको कुरालाई लिएर होस् फोहोरमैला व्यवस्थापनको निम्ति काठमाडौँ उपत्यकाभित्र मिलेर काम गर्नेबारेमा कति पटक सिंहदरबारमा बैठक भयो ? के अहिलेको प्रधानमन्त्री जत्तिकै सकारात्मक र रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अर्को कसैले देख्नुभएको छ ? प्रधानमन्त्री प्रचण्डले प्रश्न गरे 'तपाईं त्यसलाई रिकोग्नाइज गर्न किन डराउनुहुन्छ ? तपाईं काठमाडौँ महानगरको मेयर भएको नाताले उपत्यकाका अरू नगरपालिकालाई समन्वयन गर्ने बढी जिम्मेवारी छ । मैले बढी सहयोग तपाईंलाई गर्छु भनेर भनेको कुरा गर्न केले रोक्यो ? प्रधानमन्त्रीले बल गरिरहेको छ भन्न केले रोक्यो ?’

प्रधानमन्त्री प्रचण्डले पूर्वाधार निर्माण मात्रै विकास नभएकाले जनताको जीवनमा सुखको प्रत्याभुति गराउन आवश्यक रहेको बताए ।

र यो पनि


Author

थप समाचार
x