संघीय निजामती र संघीय प्रहरी ऐन हिउँदे अधिवेशनबाट पारित गर्छौं : उपप्रधानमन्त्री खड्का
काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति एवं सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरू हिउँदे अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बिहीबार पार्टीको मधेश प्रदेशको अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीयतासँग जोडिएका कानुनहरू बनाउन ढिलो भएको र सरकार त्यसमा चुकेको बताए । उनले वर्तमान सरकार संघीय ऐनहरू तत्काल निर्माण गर्ने तयारीमा रहेको बताए ।
उपप्रधानमन्त्री खड्काले संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन, प्रहरी समायोजनको कार्यान्वयन लगायत अन्य संघीय ऐनहरू आउने हिउँदे अधिवेशनमै प्रस्तुत गरेर पारित गर्ने तयारी रहेको बताए ।
उपसभापति खड्काले कांग्रेस सरकारमा गएपछि विभिन्न संघीय ऐनहरू निर्माणमा जोड दिइरहेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया