सरकार

तीन वर्ष मन्त्री बनेका सबैलाई बिदाइ, पोखरेलको जिम्मेवारी एमालेको महाधिवेशन गर्ने

इकागज |
जेठ २१, २०७८ शुक्रबार १९:५२ बजे

काठमाडौँ : सत्तारूढ एमालेले पार्टी महासचिव ईश्‍वर पोखरेलसहित तीन वर्ष मन्त्री बनेका सबैलाई सरकारको जिम्मेवारीबाट बाहिर ल्याएको छ । उनीहरूलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चार महिनाभित्र पार्टी महाधिवेशनको काम फत्ते गर्ने जिममेवारी पनि तोकेका छन् ।

कोभिड-१९ नै रहेको खण्डमा निर्वाचन आयोगबाट कुनै निर्णय र ग्रेस पिरियड लिने अन्यथा चार महिनाभित्र महाधिवेशन गरेर अघि बढ्ने निर्णय पनि पार्टीभित्र भएको एक नेताले इकागजलाई जानकारी दिए । उपप्रधान तथा रक्षा मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय सरुवा भएका पोखरेल शुक्रबार अबेरदेखि पार्टीको काम गर्ने भन्दै सिंहदरबाट बाहिरिएका छन् ।


‘उहाँले लामो समय मन्त्रालय सञ्चालन गर्नु भयो । रक्षा र यता मन्त्रिपरिषद्मा पनि उहाँले राम्रै गर्नु भएको हो,’ पोखरेलका निजी सचिव दिपेन्द्र श्रेष्ठल भने, ‘उहाँले पार्टी महाधिवेशन गर्न पर्ने भएकै कारणले मन्त्रालयको जिम्मेवारी  नलिनु भएको हो । तीन वर्ष पुगेकाहरु सबै बाहिरिनु भएको हो । उहाँ वा अर्को भनेर तोकेर अध्यक्ष एवं प्रधानमन्त्रीले हटाउनु भएको होइन ।’ 

पार्टीको मुख्य जिम्मेवारीमा रहेर महाधिवेशन गराउन ओलीले पोखरेललाई खटाउन लागेको बताइएको छ । 


Author

थप समाचार
x