सरकारको काममा मेरो हुटहुटीअनुसारको परिणाम आएको छैन : प्रधानमन्त्री दाहाल
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटीअनुसारको परिणाम नआएको बताएका छन् ।
मंगलबार सरकार गठनको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरूप हुन नसकेको स्वीकार गरेका हुन् । उनले सरकार असफल भने नभएको बताए ।
उनले अबका दिनमा सरकारको कार्यशैली बदलिने बताए । उनले आगामी दिनमा आफू पूर्व निर्धारित र अपरिहार्य बाहेकका कुनै पनि बाहिरी कार्यक्रममा नजाने बताए । उनले बाहिर नगई नयाँ नीति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने बताए ।
प्रधानमन्त्री दाहालले यहीँ साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने पनि बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया