सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई सरकारले १० लाख दिने
काठमाडौँ- सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साहको परिवारलाई उक्त आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
बरथहवा-६ का साहको गत पुस २० गते स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने विषयमा भएको विवादमा प्रहरीले गोली चलाउँदा ज्यान गएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया