सरकार

गृहमन्त्री लामिछानेले प्रहरीलाई भनेः गैरकानुनी काम, कर छली, गुण्डागर्दी र तस्करीलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन

इकागज |
फागुन २९, २०८० मंगलबार १०:११ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् । उनले मंगलबार सामाजिक सञ्‍जालमा सार्वजनिक रुपमा गृहमन्त्री लामिछानेले गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् । 

ऐनअनुसार कारबाही गरेर कानुनी राज्य भनेको के हो भनेर देखाइदिन निर्देशन दिएका छन् ।


‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस्,' उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

 


Author

थप समाचार
x