सरकार

रुग्ण उद्योग ‘सार्वजनिक–निजी साझेदारी’ विधिबाट सञ्चालनमा ल्याइने

इकागज |
जेठ १, २०८१ मंगलबार १५:५३ बजे

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा रुग्ण उद्योगहरूलाई सञ्चालनमा ल्याउने भएको छ। रुग्ण अवस्थामा रहेका ती उद्योगहरूलाई ‘सार्वजनिक–निजी साझेदारी’ विधि वा अन्य विधिबाट सञ्चालनमा ल्याउने घोषणा सरकारले नीति तथा कार्यक्रममार्फत गरेको हो। 

संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन्। रुग्ण अवस्थामा रहेका गोरखकाली रबर कारखाना, बुटवल धागो उद्योग तथा हेटौँडा कपडा उद्योगलाई सञ्चालनमा ल्याउने घोषणा गरिएको हो।



Author

थप समाचार
x