सरकार

स्वास्थ्य सामग्रीको आपूर्ति सहज बनाइने

इकागज |
जेठ १, २०८१ मंगलबार १५:५५ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले औषधि र खोपलगायतका स्वास्थ्य सामग्रीहरूको आपूर्ति सहज बनाई स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिने बताएका छन्।

मङ्गलवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।


उनले निर्माणाधीन स्थानीय अस्पतालहरू प्राथमिकताकरण गरेर निर्माण अगाडि बढाइएको जानकारी दिए। सबै स्थानीय तहमा स्वास्थ्य बिमा विस्तार गरिएको पनि उनले बताए।


Author

थप समाचार
x