सरकार

सरकारले गरिब परिवारलाई विद्युतीय चुलो र ट्युबेल दिने

इकागज |
जेठ १, २०८१ मंगलबार १५:५६ बजे

काठमाडौँ- सरकारले गरिबीको रेखामुनी रहेका परिवारलाई विद्युतीय चुलो र ट्युबेल लगायत सामग्री उपलब्ध गराउने नीति अघि सारेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

उनले गरिब घर-परिवार पहिचान पनि गरिने बताए। पहिचान भएका गरिबहरूको स्थानीय तहमार्फत निःशुल्क बिमा गरिने बताएका छन्।


गरिब लक्षित कार्यक्रम एकीकृत रूपमा अघि बढाइने पनि राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्। 


Author

थप समाचार
x