सरकार

मन्त्रिपरिषद् बैठक

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा डा. लेखनाथ शर्मा नियुक्त

इकागज |
जेठ ३, २०८१ बिहीबार १५:२५ बजे

काठमाडौँ- सरकारले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।


यस्तै बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्राडा लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ भने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहीकरणअन्तर्गतको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने निर्णय गरिएको छ भने नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद पौडेललाई बढुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता शर्माले बताइन् । 


Author

थप समाचार
x