सरकार

गृहमन्त्री रविको घोषणा : महिनावारी हुँदा महिला ट्राफिकले चार दिन सडकमा डिउटी गर्नु नपर्ने

इकागज |
जेठ १५, २०८१ मंगलबार ११:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा डिउटी गर्नु नपर्ने बताएका छन् । आज गणतन्त्र दिवसको शुभकामना भन्दै सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछनेले यस्तो बताएका हुन् ।

त्यस्तै उनले मापसेलगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा सघाउने बताएका छन् ।


'अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन' लामिछानेले फेसबुकमा लेखेका छन् 'मापसेलगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयम् सेवकका रुपमा उहाँहरूको साटो सडकमा सघाउनु हुनेछ ।'


Author

थप समाचार
x