सरकार

सरकारले भन्यो - सन्दीपलाई भिसा दिने नदिने अधिकार नितान्त दूतावासको

इकागज |
जेठ १८, २०८१ शुक्रबार १६:३५ बजे

फाइल फोटो

काठमाडौँ - सरकारले क्रिकेट सन्दीप लामिछानेलाई भिसा दिन वा नदिने अधिकार नितान्त दूतावासको रहको बताएको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले विश्वकप खेल्न अमेरिकाको भिसा प्रदान गर्नका लागि सरकारले पहल गरेपनि भिसा प्राप्त नभएको भन्दै भिसा दिने वा नदिने अधिकार नितान्त दूतावासको भएको बताइन् । 


 विश्वकप खेल्न अमेरिका जान लागेका लामिछानेलाई अमेरिकी दुतावासले भिसा नदिएपछि सरकारको आलोचना भएको छ  । 


Author

थप समाचार
x