सरकार

उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना : प्रधानमन्त्री प्रचण्ड

इकागज |
जेठ २२, २०८१ मंगलबार १०:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । आज सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री प्रचण्डले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको बताए ।


'एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ । देशको प्रतिष्ठा बढाउन निरन्तर मेहनत, संघर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु' प्रधानमन्त्री दाहालले भनेका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टीमलाई शुभकामना दिएका छन् । फेसबुकमा नेपाली क्रिकेट टीमको कभर फोटो ओलीले राखेका छन् । 

'नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन' ओलीले लेखेका छन् 'आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्याण्ड्‌ससँग खेल्दैछ । शुभकामना टीम नेपाल ।'


Author

थप समाचार
x