सरकार

मन्त्रिपरिषदको बैठक जारी

इकागज |
असार ७, २०८१ शुक्रबार १९:० बजे

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी रहेको छ । बैठक केही बेरअघि सुरु भएको हो ।

आजको बैठकमा रिक्त रहेका राजदूत सिफारिस हुनसक्ने बताइएको छ । विभिन्न देशमा रिक्त रहेका राजदूतको सिफारिसका लागि हिजो सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार सहमति भएको थियो । जसमा हालै हटाइएका ११ मध्ये एमालेले ८, रास्वपाले २ र माओवादी केन्द्रले एक राजदूत लिने सहमति भएको थियो ।



Author

थप समाचार
x