सरकार

फेरि मन्त्री बने फणिन्द्र

इकागज |
असार १६, २०८१ आइतबार १२:८ बजे

काठमाडौँ- नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुन: मन्त्री नियुक्त भएका छन् । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका उनी पुनः मन्त्री भएका हुन् ।

देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यस अघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् ।


देवकोटाले सपथ पनि लिइसकेका छन् ।

गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए ।  माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले बजेट आउनु अघिल्लो दिन जेठ ३२ गते देवकोटा पदमुक्त भएको सूचना टाँसेका थिए भने सभालाई पनि जानकारी गराएका थिए ।


Author

थप समाचार
x