सरकार

२५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा छौं : गृहमन्त्री लामिछाने

इकागज |
असार १७, २०८१ सोमबार १४:२१ बजे

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नका जवाफ दिँदै लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका हुन् ।


उनले भने, 'कुनै पनि कालखण्डमा भएका २५ वटा काण्डहरूलाई छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको मैले जानकारी गराइसकेको छु । यो साहस आँटका साथ प्रस्तुत भएका छौं ।' 


Author

थप समाचार
x