सरकार

सत्ता समीकरण परिवर्तन हुँदैन : प्रवक्ता शर्मा

इकागज |
असार १७, २०८१ सोमबार १९:३५ बजे

काठमाडौँ- सत्ता समीकरण परिवर्तन हुने बाहिर हल्ला भएका कुरा असत्य भएको सरकारले बताएको छ ।

सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्रीले क्याबिनेटमा ब्रिफिङ गरेको बताउँदै सत्ता समीकरण परिवर्तन नहुने बताएकी छन् ।


उनले राष्ट्रिय सहमतिको सरकारको कुरा समेत नभएको दाबी गर्दै मिडियामा आएका कुराहरू गलत भएको दाबी गरेकी छन् ।

उनले सत्ता समीकरण दीर्घकालसम्म जाने बताउँदै उनले मिडियामा आएको र यथार्थ फरक रहेको बताएकी छन् ।
   


Author

थप समाचार
x