सरकार

मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ : सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन

इकागज |
असार २०, २०८१ बिहीबार २०:४ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । 

प्रधानमन्त्रीको ब्रिफिङ सुनाउँदै उनले भनिन्, 'सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक प्रावधानअनुसार संसद् फेस गर्नुहुन्छ । राजीनामा दिने त्यस्तो केही कुरा छैन ।'


उनले संसदबाट विश्वासको मत लिने मिति तय नभए पनि सकेसम्म छिट्टै विश्वास मत लिने बताइन् ।
 


Author

थप समाचार
x