प्रचण्डले आजै बालुवाटार छोड्ने
फाइल फोटो
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्ने भएका छन् ।
आज प्रतिनिधि सभाको बैठकपछि उनले बालुवाटार छोड्ने तयारी गरेको उनको सचिवालयले जानकारी गराएको छ । प्रचण्ड आफ्नो खुमलटारस्थित निवासमा जाँदै छन् । सरकार अल्पमतमा परेदेखि नै खुमलटारस्थित निवासको सरसफाइ गरिएको थियो ।
सरकार अल्पमतमा रहेकाले प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहेको छैन । प्रचण्डले आफ्नो कार्यकालमा भएका काम र आगामी कार्ययोजनाबारे जानकारी गराउन
पार्टी कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया