सरकार

फेरि मन्त्री बने शरतसिंह भण्डारी

इकागज |
असार ३१, २०८१ सोमबार १४:९ बजे

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी १३औं पटक मन्त्री बनेका छन् ।

भण्डारीलाई लोसपाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेको हो । भण्डारी श्रममन्त्रीको शपथ लिएका छन् ।


२०४२ सालमा सहायक मन्त्रीबाट भण्डारीको मन्त्री बन्ने सिलसिला सुरु भएकोमा अहिले फेरि श्रममन्त्रीसम्म आइपुगेको छ । उनले अहिलेसम्म स्थानीय विकासदेखि बिनाविभागीय, खेलकुद मन्त्रालय, स्वास्थ्य, पर्यटन, रक्षा, ऊर्जा  जलस्रोत हुँदै श्रम मन्त्रालयसम्मको जिम्मेवारी सम्हालेका छन् ।

भण्डारी एक मात्र यस्ता नेता हुन् जो कुनै व्यवस्था वा सरकार परिवर्तन हुँदा अवसरबाट वञ्चित भएका हुँदैनन् । पंचायत बदलिएर प्रजातन्त्र आउँदा होस् वा गणतन्त्र आउँदा होस्, उनी मन्त्री बन्ने क्रम अहिले पनि जारी रहेको छ । उनको नाममा सबै व्यवस्थामा मन्त्री बनेको नयाँ कीर्तिमान छ ।


Author

थप समाचार
x