सरकार

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

इकागज |
असार ३१, २०८१ सोमबार १६:५७ बजे

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।

सोमबार पद तथा गोपनीयताको शपथ ग्रहणसँगै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्  ।


त्यसअघि उनले लैनचौरस्थित सहिद स्मारकमा रहेका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए । साथै पार्टी केन्द्रीय कार्यालय च्यासला पनि पुगेका थिए । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।


Author

थप समाचार
x