सरकार

उद्योगमा लाइन जोडेपछि प्रधानमन्त्री ओलीको स्ट्याटस : बक्यौता पनि उठाउनु छ, उद्योग पनि चलाउनु छ

इकागज |
साउन ९, २०८१ बुधबार ६:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार विद्युत् बक्यौता उठाइने बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युत्‌को बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने उल्लेख गरेका छन् । 


'हामीलाई उद्योगबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कूल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ', ओलीले लेखेका छन् । 

यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद नरहेको पनि ओलीले प्रष्ट पार्नुभएको छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगमा काटिएको विद्युत् लाइन अहिले जोडिएको उनले उल्लेख गरेका छन् ।  


Author

थप समाचार
x