Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

सरकार

प्रधानमन्त्री ओलीले लिए विमान दुर्घटनाबारे गृहमन्त्री र पर्यटनमन्त्रीसँग ब्रिफिङ

इकागज |
साउन ९, २०८१ बुधबार १५:१९ बजे

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले  सौर्य एयरको विमान दुर्घटनाका बारेमा जानकारी लिएका छन् । 

बुधबार विमान दुर्घटना भएपछि घटनास्थल त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीका साथै गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डे पनि दुर्घटनास्थल पुगेर निरीक्षण गरेका थिए । सो क्रममा पर्यटनमन्त्री पाण्डेले दुर्घटनाको छानबिन हुने बताएका थिए । दुर्घटना स्थलको निरीक्षण गरेपछि प्रधानमन्त्री ओलीले प्राधिकरणको उद्धार समन्वय केन्द्रमा पुगेर आवश्यक ब्रिफिङ लिएका थिए । 


काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज बिहान दुर्घटनामा परेको थियो ।  सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनाग्रस्त विमानमा सवार  १८ जनाको निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


Author

थप समाचार
x