सरकार

प्रधानमन्त्रीले लिए विभिन्‍न मन्त्रालयबाट भइरहेका कामकारबाही र समस्याका बारेमा जानकारी

इकागज |
साउन १३, २०८१ आइतबार १९:९ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयबाट भइरहेका कामकारबाही र समस्याका बारेमा जानकारी लिएका छन् ।

आइतबार सिंहदरबारमा विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूसँग सामूहिक रूपमा छलफल गर्दै मन्त्रालयबाट भइरहेका कामकारबाही र समस्याका बारेमा जानकारी लिएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । सो क्रममा सचिवहरूले आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएको उनले बताए । उनले मन्त्रालयको आगामी रणनीतिका बारेमा पनि प्रधानमन्त्रीले चासो देखाएको जिकिर गरे ।​


ब्रिफिङका आधारमा प्रधानमन्त्री ओलीले मंगलबार आवश्यक निर्देशन गर्ने कार्यक्रम रहेको मन्त्री यादवले जानकारी दिए । 


Author

थप समाचार
x