सरकार

यस्ता छन् मन्त्रिपरिषद्को बैठकका निर्णयहरू

इकागज |
साउन १६, २०८१ बुधबार १६:५० बजे

काठमाडौं - सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिन सिफारिस गरेको छ । 

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले वरिष्ठ रथी सिग्देललाई सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ बमोजिम साउन २५ गतेदेखि लागू हुने गरि कायममुकायम भइ प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरि तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । 


अहिलेका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिँदैछ । त्यसको एक महिनाअघि विदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले  महिला बालबालिका मन्त्रालय अन्तर्गत विभिन्न कार्यक्रमका लागि ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ भने चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालय अन्तर्गत ५९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए । 

त्यस्तै बैठकले ५ देशका राजदूत फिर्ता गर्दै १८ देशमा राजदूत नियुक्ति सिफारिश गरिएको उनले बताए । 


Author

थप समाचार
x