सरकार

लुम्बिनी, बागमती र कर्णालीका प्रदेश प्रमुख नियुक्त

इकागज |
साउन १६, २०८१ बुधबार १८:४० बजे

फाइल फाेटाे

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
 



Author

थप समाचार
x