सरकार

प्रहरीलाई छल्दै उन्मुक्ति पाएका अरुणकुमार चौधरी मन्त्री बन्‍न भ्याए

इकागज |
साउन १८, २०८१ शुक्रबार १६:३८ बजे

काठमाडौँ- सांसद अरुणकुमार चौधरी मन्त्री बनेका छन् । शुक्रबार उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री नियुक्त गरेका हुन् । उनी नागरिक उन्मुक्तिको तर्फबाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका थिए । 

६ महिना कैद सजाय तोकिए पनि पक्राउ नपरेका उनी प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भएर सांसद भएका थिए ।


चौधरीलाई गत फागुन ७ मा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्या भण्डारीले माफी दिएकी थिइन् ।

२०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामा कैलाली जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो । चौधरी फरार सूचीमै रहेका बेला कैलालीबाट निर्वाचित भएका थिए ।

 


Author

थप समाचार
x